after_navbar

क्यान्सरबाट जोगाउन छोरीहरुलाइ एचपिभी खोप लगाइदै


माघ २०, २०८१


माघ २२, दाङ। किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर (सर्वाइकल क्यान्सर)बाट जोगाउन दाङको तुलसीपुरमा एचपिभी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान सुरु भएको छ।

ad

माघ २२ गतेदेखी फागुन ६ गतेसम्म उपमहानगरपालिकाका १९ वटै वडाका विद्यालय तथा समुदायस्तरमा यो अभियान सन्चालन हुने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ।

ad

एचपीभी खोप अभियान २०८१ को अभियानका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार संघहरूको अन्तरक्रिया कार्यक्रमका अवसरमा प्रवर्धन शाखाले यस्तो बताएको हो।

ad

जनस्वास्थ्य प्रवर्धन शाखाका अनुसार उक्त अभियानमा तुलसीपुर क्षेत्रभित्रका कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत १० हजार ३ सय २७ किशोरीहरूलाई खोप लगाइनेछ।यसैगरी १हजार १२ जना विद्यालय नजाने १० देखि १४ वर्षका बालिका समावेश हुनेछन् ।

राष्ट्रिय खोप अभियानलाई सफल बनाउनका लागि सरकारले तीन रणनीतिमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको जनस्वास्थ्य प्रवर्द्धन शाखाका फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

उनका अनुसार सरकारले न्युनतम ९०% किशोरीहरूलाई खोप दिने, न्युनतम ९०% महिलाको स्क्रिनिङ गर्ने र रोग पत्ता लागेमा उनीहरुको उपचार गर्ने लक्ष्य राखेको छ।

खोप अभियानको बारेमा जानकारी गराउँदै उनले भने-” नेपालमा स्तन क्यान्सरपछि सर्वाइकल क्यान्सर दोस्रो धेरै पर्ने क्यान्सर हो। एचपिभीको संक्रमण बारम्बार भएमा २० वर्षको उमेरदेखि नै यो रोग देखिन सक्छ। यसैले किशोरी अवस्थामै खोप दिने जोड दिइएको छ। “

सर्भाइकल क्यान्सरका कारण प्रत्येक दिन ४जना महिलाको मृत्यु हुने गरेको बताउँदै छोरीहरूको सुरक्षित भविष्यका लागि यो अभियान जरुरी रहेको स्वास्थ्य कार्यालय दाङका भानु ज्योति ओलीले जानकारी दिए। उनका अनुसार जिल्लामा रहेका १० वटै पालिकाका बालिकाहरूलाई एसपीभि खोप दिइनेछ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले छोरीहरूलाई क्यान्सरबाट जोगाउनका लागि यो खोप अनिवार्य लगाउनुपर्ने बताए।

नगर प्रमुख खड्काले सबै किशोरीहरूलाई खोपको पहुँचमा पुर्‍याउन सके अबको पाँच वर्षमा अहिले भोग्दै गरेको समस्याबाट मुक्त हुन सहयोग पुग्ने अपेक्षा गरे।

उनले विद्यमान रोगबाट बचाउनका लागि छोरीहरुलाई एसपीबी खोपमा सहभागी गराउन अभिभावक समक्ष आग्रह समेत गरेका छन्।

उपप्रमुख स्यानी चौधरीले यो खोप अनिवार्य र प्रभावकारी छ रहेको बताइन् । खोपका माध्यमबाट किशोरीहरूमा हुने पाठेघरको मुखको क्यान्सरको जोखिम गराउन सकिने भन्दै सबैले आआफ्नो क्षेत्रबाट यो अभियानलाई सफल बनाउनुपर्ने उनको भनाइ थियो।

जनस्वास्थ्य प्रवर्द्धन शाखाले अभिभावक, विद्यालय, स्थानीय सरकार, स्वयंसेवी र संस्थाहरूलाई अभियान सफल पार्न सहकार्य गर्न आग्रह गरेको छ।

साथै, जनजागरण कार्यक्रमहरू मार्फत महिला स्वास्थ्यको महत्त्व बुझ्न/बुझाउन अपिल समेत गरेको छ।

सर्वाइकल क्यान्सर नियन्त्रण गर्न सरकारले राष्ट्रिय कार्ययोजना बनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि १५ वर्षसम्मका किशोरीहरूलाई एचपिभी खोप दिन सिफारिस गरेको छ।

माघ २२ गते विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले देशभर नै पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीबी खोप अभियान सुरु गर्दैछ।


तुल्सीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण फोकल पर्सन केसीले गरेका थिए।

कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको थियो।

कार्यक्रममा बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीले खोप लगाउँदा दुख्ने सुनिने झमझमाउने जस्ता लक्षणहरू देखिए त्यो सामान्य रहने बताएका थिए उनले खोप अभियानमा सहभागी गर्न गराउन सबैलाई अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="