दाङ, २१ माघ – बबई नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार शान्तिनगर गाउँपालिका–६ का ७८ वर्षीय कुशल खड्काको नदीमा डुबेर मृत्यु भएको हो।
हिजो साँझ करिब ६:३० बजे बबई गाउँपालिका–७ स्थित बबई नदीमा मृत अवस्थामा भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय खिलतपुरलाई खबर गरेका थिए।
घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक खिम बहादुर खड्काले मृतकलाई परिवारले बिहान ८ बजे घरबाट निस्केको बताएको जनाए। उनी छोरीको घर जाने भन्दै निस्केका थिए तर साँझ नदीमा डुबेको अवस्थामा फेला परे।
पोस्टमार्टमपछि आज शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस