after_navbar

वीरेन्द्र चोकबाट एक युवती बेपत्ता: परिवारको खोजी अपिल


माघ २३, २०८१


दाङ,२३ माघ। तुलसीपुरस्थित वीरेन्द्रचोकबाट एक युवती बेपत्ता भएकी छिन्। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ कमदी गाउँकी यशोदा एरी आज बिहानदेखि बेपत्ता भएकी हुन्।

ad

उनी सल्यानको श्रीनगरबाट नेपालगञ्ज जानका लागि हिँडेकी थिइन् । परिवारका सदस्य रेशम एरीका अनुसार उनी भे १९ ०१३६४ नम्बरको इलेक्ट्रोनिक हाइसमा चढेकी थिइन्।

तुलसीपुर स्थित वीरेन्द्र चोकमा झरेको जानकारी गराएपछि उनी सोही स्थानबाट सम्पर्कविहीन भएकी छिन्।

सम्पर्कविहीन भएपछि परिवारले उनको खोजी कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ।

भेटिने वा देख्ने जो कोहीले नजिकमा रहेको प्रहरी कार्यालय वा परिवारका व्यक्ति रेशमको मोबाइल नम्बर ९७६८२३४७०५ मा सम्पर्क गरिदिन हुन पनि अनुरोध अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="