काठमाडौं,२३ माघ। मानव बेचबिखन तथा ओसारपसारको आरोपमा नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेपाली कांग्रेस अछाम प्रतिनिधिसभा क्षेत्र नं. २ (क) का सभापति ताराप्रसाद खनाल छन्। उनलाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले जानकारी दिए।
‘उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ,’ जिसीले भने।
काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस