after_navbar

दिगो वन व्यवस्थापनका लागि रुख कटान


फागुन ०२, २०८१


उमा भण्डारी , दाङ २ फागुन। वन सुधार तथा दीर्घकालीन व्यवस्थापनका लागि दाङमा रूख कटान सुरु गरिएको छ। जस अन्तरगत दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित भवानी सामुदायिक वनमा रूख कटान कार्य सुरु गरिएको छ।

ad

सरकारले राष्ट्रिय वन नीति अन्तर्गत ८० वर्षे इस्टिमेट अनुसार वैज्ञानिक वन व्यवस्थापन अघि बढाउने लक्ष्य राखेको छ। सोही अनुसार वन सुधार तथा दीर्घकालीन व्यवस्थापनका लागि पुराना, बाङ्गा-टिङ्गा र प्राविधिक रूपमा अस्वस्थ रूखहरू हटाउने काम भइरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ।

तर वन फडानी भइरहेको छ भन्ने फैलिएको हल्ला र सामाजिक सञ्जालमा पनि रूख कटानबारे बहस चलेपछि डिभिजन वन कार्यालय दाङको टोलीले स्थलगत अनुगमन गरेको छ।

शुक्रबार रुख काटिएको स्थान बागरमा पुगेर वन कार्यालयको टोलीले अनुगमन गरेको हो। अनुगमनको टोलीले सरकारको तथ्याङ्कमा उल्लेख भएअनुसार रुख काटिएका छन् वा छैनन् रुखको क्रमसङ्ख्या मिलेको छ वा छैन उल्लेखित मापदण्डमा आधारित रहेर रुखहरू काटिएका छन् वा छैनन् लगायतका प्राविधिक जाँच समेत गरेको छ।

सामुदायिक वनमा रुख कटान भएको बारेमा स्थानीयले देखाएको चासो सकारात्मक रहेको भन्दै वन कार्यालयले निरन्तर खबरदारी गर्न आग्रह समेत गरेको छ।

वन सुधारका लागि कटान आवश्यक: वन कार्यालय

वनको प्राकृतिक सन्तुलन कायम राख्नका लागि रूख कटान आवश्यक रहने डिभिजन वन कार्यालय दाङले जनाएको छ। वनलाई स्वस्थ राख्न र जैविक विविधताको वृद्धि गर्नका लागि पुराना तथा प्रयोग गर्न अयोग्य रुखहरू हटाउन आवश्यक रहेको वन कार्यालयका वरिष्ठ वन अधिकृत ओम बहादुर ओलीले जानकारी दिए।

नागरिकले हेर्दा घना र ठूला रुखहरू भएको जंगल राम्रो मानिने भएपनि प्राविधिक रूपमा त्यस्ता जङ्गलहरू अस्वस्थ रहने उनले बताए। वर्षौँदेखिका पुराना रुखहरू मात्रै वनमा रहँदा त्यसले जैविक विविधतामा असर पुर्‍याउने भन्दै बाङ्गा निकै पुराना र प्रयोग गर्न अयोग्य रुखहरू हटाउन आवश्यक रहने उनको भनाइ थियो।

“वनको अवस्था बाहिरबाट हेर्दा मात्र राम्रो देखिन्छ। वास्तवमा, यहाँ साना तथा मझौला रूखहरू छैनन्। वन स्वस्थ हुन साना, मझौला र ठूला रूखहरूको उचित अनुपात हुनुपर्छ,” उनले भने।

उनका अनुसार राष्ट्रिय वननीति अनुरूप वैज्ञानिक वन व्यवस्थापनका लागि सिवानी एसेट (Silvani Asset) को । उक्त शिवानी एसेटको आधारमा बुढा र अस्वस्थ रूखहरू छानेर हटाउन सुरु गरिएको छ।

उक्त एसेट अनुसार १० वर्षमा २७.२५ हेक्टर वन क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । जस अन्तर्गत एक वर्षमा भवानी सामुदायिक वनको २.७ हेक्टर क्षेत्रफलमा डिभिजन वन कार्यालयले काम गर्ने वरिष्ठ वन अधिकृत ओलीले जानकारी दिए।

उनका अनुसार १० वर्षको अवधिमा ३ हजार ४ सय १० वटा रूखहरू कटान गर्ने सरकारले योजना ल्याएको छ। सोही अनुसार यस वर्ष भवानी सामुदायिक वनमा ३सय ५० वटा रूख कटान गर्ने लक्ष्य राखिएको छ। हालसम्म ९० वटा रुखकटान भएको वन अधिकृत ओलीले जानकारी गराए।

साना, मझौला तथा ठूला मिश्रित रुखहरू नहुँदा वन अस्वस्थकर बन्दै गएको भन्दै उनले यस्तो कार्ययोजना अघि सारिएको जानकारी दिए

डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकन आचार्यका अनुसार वन व्यवस्थापनको उद्देश्यअनुसार अनावश्यक, बाङ्गा-टिङ्गा तथा प्राविधिक रूपमा अस्वस्थ रूखहरू छानेर हटाउने काम भइरहेको छ।

उनले स्याटेलाइट प्रविधि मार्फत वनमा रहेका रूखहरू र काटिएका रुखहरूको अनुगमन र निगरानी हुने भन्दै रूखहरू हराउने वा चोरी हुने सम्भावना नभएको बताए। वन कार्यालयको कटान आदेश अनुसार वन उपभोक्ता समितिले विभिन्न मापदण्ड र प्रक्रिया पुर्याई रुख कटान गरेको जानकारी गराउँदै उनले गलत सूचना फैलाएर जनतामा त्रास सिर्जना नगर्न आग्रह समेत गरेका छन् ।

“स्याटेलाइट प्रविधिबाट निगरानी गरिएकाले रूख चोरी वा लुकाउने कुनै सम्भावना छैन। उनके भने-” गलत सूचना फैलाएर जनतामा त्रास सिर्जना नगर्न सबैमा अनुरोध गर्दछौं।”

बाहिरबाट वन घना र सुन्दर देखिए पनि प्राविधिक रूपमा कमजोर भएकाले व्यवस्थापन आवश्यक रहेको उनले बताए। । नयाँ, साना र बुट्यान रूखहरू नहुँदा पुराना रूख मासिए उक्त वन क्षेत्र रातो डाँडोको रुपमा परिणत हुन सक्ने भन्दै काटिएका रुखहरूको ठाउँमा वृक्षारोपण गर्ने योजना रहेको जानकारी दिए।

वन कार्यालयका अधिकारीहरूले वन व्यवस्थापन योजनाबारे गलत सूचना नफैलाउन आग्रह गर्दै यो प्रक्रिया वातावरणीय सन्तुलन कायम राख्न तथा वनको दीर्घकालीन स्वास्थ्य सुधार गर्न केन्द्रित रहेको स्पष्ट पारेका छन्।

वन उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर विश्वकर्माका अनुसार हालसम्म ९० वटा रूख काटिएको छ। सरकारको योजना अनुसार हरेक वर्ष ३सय ५० वटा रूखहरू काटिनुपर्ने लक्ष्य रहेको छ। वन कार्यालयको कटान आदेश अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी उपभोक्ताहरूले नै प्राविधिक टोलीको निगरानीमा रहेर वन रुख काट्ने काम गरिरहेको अध्यक्ष विश्वकर्माले जानकारी दिए।

उनका अनुसार सरकारले तोकेको मापदण्डमा आधारित रहेर उपकरण र औजारहरू प्रयोग गरिएको बताए यसका लागि रुख कटान समिति संयोजक र अनुगमन समिति समेत गठन गरिएको छ। माघ २८ गते बसेको वन उपभोक्ता समितिको बैठकको निर्णयबमोजिम डिभिजन वन कार्यालय, सबडिभिजन वन कार्यालयको निगरानीमा रहेर रुख काट्न सुरु गरिएको उनले जानकारी दिए।

सरकारको नीति अनुसार वनको दीर्घकालीन संरक्षण र उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिहरू अपनाइएको छ। स्थानीय स्तरमा जनचेतना फैलाउने र वन व्यवस्थापन प्रक्रियालाई पारदर्शी बनाउने कार्य आवश्यक रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="