after_navbar

उपमहानगरको डम्पिङ साइडमा आगलागी


फागुन ०४, २०८१


दाङ, ४ फागुन । तुलसीपुरको डम्पिङ साइडमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ र १२ मा रहेको डम्पिङ साइडमा आगलागी भएको हो ।

ad

आगलागी राति कुन बेला सुरू भयो भन्ने यसको कारणबारे अझै स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी तारा प्रसाद परियारका अनुसार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । उनले जानकारी दिएपछि दमकल र जेसीबीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको तुलसीपुर–६ का वडा सदस्य यमराज केसीले जानकारी बताए । यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आएको थिएन ।

घटनाबारे नगरप्रमुख टिकाराम खड्कालाई जानकारी गराइएको छ। उनले घोराहीबाट पनि दमकल बोलाइएको बताएका छ्न । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="