after_navbar

तुलसीपुर महोत्सवमा टिकट किन्दा NCELL SIM सित्तैमा


फागुन ०८, २०८१


दाङ, ८ फागुन । दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । फागुन १ गतेदेखि शुरु भएको महोत्सवको सातौँ दिनसम्म दर्शकको भिडभाड अत्याधिक देखिएको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दै गएको अवस्थामा दर्शकले थप सेवा पाउने भएका छन् ।

ad

महोत्सव मूल आयोजक समितिका संयोजक तथा चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सवमा आउने र प्रबेश टिकट किन्ने दर्शकले एनसिएलको सिम सित्तैमा पाउने बताए ।

एनसिएल संगको सहकार्यमा महोत्सव स्थलमा रहेको एन्सिएल काउन्टर बाट सिम उपलब्ध हुने छ । यस्का लागि टिकत्को अर्धकट्टी अनिवार्य गरिएको छ ।
यसरी उपलब्धा गराइने सिममा ५० मिनेटको टक टाइम र केहि डाटा पाइने छ ।

‘महोत्सवमा १०० रुपैँयामा टिकट पाउने गरेको छ ।’ उनले भने–‘तर टिकट किन्ने दर्शकले थप सेवा पाउनु हुन्छ । यो महत्सबको सुबिधा हो । आउनुहोस महोत्सब हेर्नुहोस टिकट काट्नुहोस एनसिएलको सिम सित्तैमा पाउनुहुन्छ ।’ अध्यक्ष भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="