काठमाडौं, ८ फागुन। संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ। सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले जनाएको छ।
५९ वर्षीय सापकोटा लामो समयसम्म नेकपा (एमाले) काभ्रेको सचिव भएर नेतृत्व गरेका थिए। सन् २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।
उनको पार्थिव शरीर बिहीबार पार्टी कार्यालय आलोकनगरमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने एकीकृत समाजवादीका बागमती प्रदेश सभा सदस्य लक्ष्मण लमसालले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस