बैतडी, ८ फागुन । बैतडीमा भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका–३, सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ।
बुधबार साँझ चौकी फर्कने क्रममा शैल्यशिखर नगरपालिका–१, बारिलस्थित आफ्नो घरबाट हिँड्दा भिरालो बाटोमा चिप्लिएर लडेपछि गम्भीर घाइते भएका खडायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस