दाङ,९ फागुन । धानको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ चामेखोला स्थित पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ५ प ५१११ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा चालकसहित दुई जना घाइते भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका-८ निवासी १६ वर्षीय रोहण भण्डारीले चलाएको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ निवासी ५४ वर्षीय बुद्धिराम खड्कालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकल चालक र पैदल यात्री दुबै घाइते भएका हुन्।
मोटरसाइकल चालक भण्डारीको मुख र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ।
यस्तै पैदल यात्री खड्काको टाउको र छातीमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।
दुवै जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका भैरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस