तनहुँ, २९ असार । प्रहरीले २ हजार ५ सय ९८ एम्पुलसहित दुई महिलालाई पक्राउ गरेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डबाट ठूलो मात्रामा नियन्त्रित लागुऔषधसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सवारीसाधन र पैदल यात्रुहरूको चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका–५ बस्ने ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन रहेका छन् ।
उनीहरू साथबाट कालो रङको झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam–८६६ एम्पुल, Phenergan–८६६ एम्पुल र Buprenorphine–८६६ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधको संख्या २,५९८ एम्पुल पुगेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस