दाङ,५ साउन। दाङको तुलसीपुरमा एक युवक मृत्त फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाका २१ वर्षीय किरण खत्री (केसी) आइतबार साँझ सितलपुरघाट नजिकै मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीका अनुसार बेलुकी साढे ६ बजेतिर केसी सितलपुरघाट नजिकै मृत भेटिएको जानकारी दिएका हुन्। प्रारम्भिक जाँचमा मृतकको शरीरमा देखिने गरी कुनै गम्भीर चोटपटक वा घाउफाट नभएको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण थप स्पष्ट हुने डिएसपी ठकुरीले बताए।
एक जना आफन्तका अनुसार मृतकको झोला सितलपुर मन्दिरका पूजारीले फेला पारी दिएका थिए। केसी बिहान आफ्नै गाउँ नजिकका एक साथीलाई भेट्न निस्केका थिए र दिउँसो उरहरी चोकसम्म पुगेको देखिएको छ। ती साथी हाल भारत गइसकेको आफन्तको दाबी छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा किरण खत्री लागुऔषध सेवनकर्ता रहेको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस