दाङ,१० साउन । तुलसीपुर उपमहानगरपालिका–८ नम्बर वडा कार्यालयमा गएराति चोरी भएको छ। रातिको समयमा कार्यालयको मुख्य ढोका फोडी चोरले राजश्वबाट संकलन गरिएको ६ हजार रुपैयाँ चोरी गरेको वडा अध्यक्ष धर्मराज वलीले जानकारी दिए।
वडाअध्यक्षका अनुसार उक्त रकम कार्यालयको दराजमा सुरक्षित रूपमा राखिएको थियो। चोरले नगदबाहेक कार्यालयका कम्प्युटर, कागजात तथा अन्य सामग्रीमा भने कुनै क्षति पुर्याएका छैनन्।
चोरीबारे थप अनुसन्धान भइरहेको वडा कार्यालयले जनाएको छ। सुरक्षाका हिसाबले कार्यालयको प्रणालीलाई थप मजबुत बनाउने तयारी भइरहेको वडाध्यक्ष वलीले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस