हुम्ला,१८ साउन । भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन गएका ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्कामा नान बुढाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भीरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमी ९बुढा०ले बताइन् ।
जङ्गल घरबाट गल्फागाड खोलापारि टाढाको वनमा भएकाले मृतक बुढाको शव लिन आइतबार स्थानीयवासी त्यसतर्फ लागेको उनले बताइन् ।
सो खर्कमा मृतक बुढा र श्रीमतीमात्र भएकाले बिहानमात्र पारिवारलाई जानकारी आएको हो ।
जानकारी आएलगत्तै घरमा ल्याउन स्थानीय गएका छन् । यस क्षेत्रमा यतिबेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस