after_navbar

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु : दुई छोरासहित चारजना घाइते


श्रावण २७, २०८२


सर्लाही ,२६ साउन । मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सर्लाहीको बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

ad

दुर्घटनामा बारा कोल्हवी नगरपालिका–९ बस्ने ४२ वर्षीया इनरवती चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए। इनरवतीको ३२ वर्षका छोरा दीपक चौधरी र २८ वर्षका रामरूप चौधरी घाइते भएका छन्।

प्रहरीका अनुसार मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्बरको मोटरसाइकलमा सवार चौधरी परिवारलाई सोही दिशाबाट आउँदै गरेको ज ११ प ५५०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो। दुर्घटनापछि गम्भीर घाइते भएकी इनरवतीलाई उपचारका लागि तत्काल चन्द्रनिगाहापुर पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका–९ बस्ने २० वर्षीय विशाल महतो र सोही मोटरसाइकलमा सवार भारतको बिहार, मुजफ्रपुर जिल्लाको मिनापुर ग्राम पञ्चायत–१० का २० वर्षीय प्रेमकुमार भगत घाइते भएका छन्। दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि इलाका प्रहरी कार्यालय कर्मैयाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="