after_navbar

पहिरोले राप्तीसहित १० राजमार्ग अवरुद्ध


भदौ १४, २०८२


दाङ,१४ भदौ । देशका विभिन्न भागमा बाढीपहिरोले आठवटा सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोलामा रहेको कोशी राजमार्ग, रसुवाको पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन् ।

ad

यस्तै बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–दरबाङ सडक, रुकुमपश्चिमको जाजरकोट-डोल्पा भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा सडक एकतर्फी सञ्चालन भएका छन् ।

नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी ढोरपाटन सडकखण्ड एकतर्फी सञ्चालन भएका प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="