काठमाडौँ,२० भदौ । हिमाली जिल्ला मनाङमा समेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ९२० का लागि कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचनको कार्यतालिका तय गर्दै जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो। यसअघि आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा पनि त्यही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ।
रुपन्देहीमा राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि र मनाङमा निर्वाचित राजिव गुरुङ ९दीपक मनाङे० आपराधिक मुद्दामा जेल परेपछि दुवै स्थान रिक्त बनेका हुन्।
मनाङ उपनिर्वाचनको कार्यतालिकाअनुसार २०८२ साल भदौ १३ गतेदेखि निर्वाचन अवधि सुरु भएको निमित्त प्रमुख निर्वाचन अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए। विसं २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा प्रदेशसभा ९२० तर्फ गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए।
निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, असोज २५ गते अन्तिम नामावली प्रकाशनसहित चुनाव चिन्ह वितरण गर्ने, कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी तोक्ने तालिका सार्वजनिक गरेको छ।
त्यस्तै, २०८२ साल भदौ २५ गते आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावली नै यस उपनिर्वाचनमा प्रयोग गरिने भएको छ। यसअनुसार आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा गरेका नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
गत निर्वाचनमा मनाङ जिल्लामा ६ हजार ७७९ मतदाता रहेका थिए। कुल मतदातामध्ये ४ हजार ८४५ अर्थात् ७१।४७ प्रतिशत मत खसेको थियो। मनाङ–२ प्रदेशसभा क्षेत्रमा मात्रै ४ हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस