after_navbar

अबको नेतृत्व जेनजी पुस्ताको हुनुपर्छ:बालेन


भदौ २४, २०८२


काठमाडौँ,२४ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटनको माग गर्दै अबको नेतृत्व जेनजी पुस्ताले लिनुपर्ने बताएका छन् ।

ad

जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै उनले मंगलबार आन्दोलनकारीलाई संयमित हुन आग्रह गरे ।
‘यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला,’ बालेनले भने ।

उनले जनधनको क्षति देशकै सम्पत्ति भएको भन्दै आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाउन आग्रह गरे ।
‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला,’ उनले भने, ‘तर याद रहोस्— वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="