after_navbar

चाडपर्वमा सुरक्षित यात्रा सुनिश्चित गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन


भदौ २, २०८२


काठमाडौं, २९ भदौ । सरकारले चाडपर्वका यात्रुहरूको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।

ad

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्ने र यससँग सम्बन्धित छ बुँदे निर्णय गरेको सचिव केशवकुमार शर्माले जानकारी दिए।

समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षलगायत सरोकारवाला निकायका प्रतिनिधि रहनेछन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार बैठकले चाडपर्वको समयमा उपत्यकाबाट बाहिरिने सवारीसाधनको प्राविधिक परीक्षण गर्ने, यात्रु सहायता कक्ष निर्माण गर्ने र यात्रु सहजै गन्तव्यसम्म पुग्न सक्ने वातावरण बनाउन निर्णय गरेको छ।

त्यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन तथा कार्यालयहरूको क्षतिपूर्ति प्रक्रियालाई अघि बढाउने, ट्राफिक प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराउने र आन्दोलनका क्रममा लुटपाट भएका हतियार तथा सामग्री सवारीसाधनमार्फत ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णयसमेत बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="