काठमाडौँ,३० भदौ । आगामी कार्तिक १७ गते सञ्चालन हुने तय भएको रूपन्देही–३ क्षेत्रको उपनिर्वाचन रद्ध गरिएको छ। निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको सम्पूर्ण कार्यक्रम रद्द भएको जानकारी दिएको हो।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिको कार्यालयले प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन मिति तोकेकाले उपनिर्वाचन आवश्यक नरहेको उल्लेख गरिएको छ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२ असोज १७ गते उपनिर्वाचन गर्नेगरी आयोगले मिति तोकेकोमा राष्ट्रपतिको कार्यालयबाट २०८२ साउन २७ गते प्रकाशित विज्ञप्तिबाट प्रतिनिधि सभा विघटन गरी २०८२ फागुन २१ गते नयाँ निर्वाचन गर्ने मिति तोकिएकाले रूपन्देही–३ को उपनिर्वाचन कार्यक्रम रद्ध गर्ने निर्णय गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।
आयोगको २०८२ भदौ ३० गते बसेको बैठकले गरेको निर्णयअनुसार अब सो क्षेत्रको उपनिर्वाचन नहुने भएको छ।

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस