after_navbar

अब अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी हुने


असोज ०२, २०८२


काठमाडौं,२ असोज । अब अन्तर्राष्ट्रिय कार्डमार्फत पनि नेपालमा राजस्व भुक्तानी गर्न सकिने भएको छ।

ad

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार राजस्व व्यवस्थापन सूचना प्रणालीमा आजदेखि अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको छ। अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रुपमा यसको शुभारम्भ गरेका छन्।

यो सुविधा सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकले अध्यागमनसम्बन्धी राजस्व कार्डमार्फत भुक्तानी गर्न सक्नेछन्। यसले भौतिक उपस्थितिबिनै २४ घण्टा सेवा पाउने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ।

मास्टरकार्ड, भिसा, ‘अलिपे’लगायत अन्तर्राष्ट्रिय नेटवर्कमा आवद्ध कार्ड प्रयोग गरेर अध्यागमन विभागका सेवा शुल्क भुक्तानी गर्न सकिनेछ। त्रिभुवन विमानस्थल हुँदै आउने पर्यटकका लागि यो प्रणाली विशेष उपयोगी हुने बताइएको छ।

हाल यो सुविधा अध्यागमन विभाग र मातहतका निकायमा मात्र उपलब्ध भए पनि क्रमशः अन्य सरकारी निकायमा पनि विस्तार गरिने प्रवक्ता लामिछानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="