after_navbar

नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधयेक प्रमाणिकरण


असोज ०५, २०८२



काठमाडौँ,५ असोज । नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधयेक प्रमाणीकरण भएको छ । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको यो विधेयक नेपालको संविधान बमोजिम आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ad

यस विधेयकमा आमाका नामबाट नागरिकता लिन सकिने, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे पाइने व्यवस्था रहेको छ ।

प्रतिनिधि सभाले गत असार १४ गते राष्ट्रिय सभाले भदौ ६ गते यो विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="