after_navbar

भुटानी शरणार्थी प्रकरणका अनुसन्धानकर्ता एआईजी केसीलाई सीआईबीको जिम्मा


असोज ०५, २०८२


काठमाडौं,५ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ ।

ad

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको हो ।

तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसको दबाबका कारण उनी यसअघि जिम्मेवारीबाट हटाइएका थिए । केसी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो ।

त्यसै कारण उनी एमाले–कांग्रेस गठबन्धन सरकारमा समेत उपयुक्त पोष्टिङ पाउनबाट वञ्चित भएका थिए । हाल उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

२०७९ चैत १२ गते केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले ‘भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

दुलाल र भण्डारीको बयानपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु नै प्रकरणमा संलग्न रहेको तथ्य फेला परेको थियो ।

यसअघि सीआईबी प्रमुख रहेका चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक बनेपछि ब्यूरो कार्यवाहक नेतृत्वमा चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="