after_navbar

कारागार नबन्दा प्रहरी समस्यामा


असोज ०८, २०८२


काठमाडौ,८ असोज । सङ्घीयतापछि नवलपरासीबाट छुट्टिएर बनेको नवलपुर जिल्लामा हालसम्म कारागार निर्माण हुन सकेको छैन। कारागार नहुँदा कैदीबन्दी ओसारपसारमा समस्या भइरहेको नवलपुर प्रहरीले जनाएको छ।

ad

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालका अनुसार पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएका व्यक्तिलाई अन्य जिल्लामा लैजानुपर्ने बाध्यता छ। यस क्रममा जनशक्ति, सवारीसाधन र खर्च व्यवस्थापनमा समेत समस्या हुने गरेको उनको भनाइ छ।

आर्थिक वर्ष २०८१/८२ मा मात्र नवलपुरबाट ३६ जना नवलपरासी, १०७ जना चितवन, पाँच जना पोखरा बालसुधारगृह र एक जना भैरहवा गरी १४३ जना कैदी अन्यत्र स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

यस्तै, जेनेजी आन्दोलनपछि विभिन्न कारागारबाट भागेका २४ जना कैदीलाई नियन्त्रणमा लिएर नवलपुर प्रहरीले चितवन र नवलपरासी कारागारमा पठाएको थियो।

जिल्लामा कारागार नहुँदा अन्यत्र पठाइएका कैदीबन्दीले सम्बन्धित कारागारमा समेत व्यवस्थापन चुनौती थपिएको प्रहरी उपरीक्षक ढकालले बताए।

नवलपुरमा कारागार आवश्यक रहेको भन्दै जिल्ला सुरक्षा समितिले केन्द्रीय कारागार व्यवस्थापन विभागलाई अनुरोध गरे पनि हालसम्म सुनुवाइ नभएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="