after_navbar

प्रदेश खारेज हुँदैन : अर्थमन्त्री खनाल


असोज ०८, २०८२


काठमाडौं,८ असोज । अर्थमन्त्री तथा सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन्।

ad

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्ने सोच नै नभएको स्पष्ट पारे।

उनले हाल एक हजार र ५०० का नोट प्रतिबन्ध गर्ने विषयमा कुनै छलफल नभएको बताए। साथै, भारतले लागू गरेको ‘गुड्स सेल्स ट्याक्स’ (GST) सम्बन्धमा अध्ययन भइरहेको र उद्योग व्यवसायमा क्षति पुगे सुधार गर्ने जानकारी पनि दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="