धनगढी ,८ असोज । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग उठेको छ। नेपाली कांग्रेस सुदूरपश्चिमले बुधबार धनगढीमा बसेको बैठकमार्फत यस्तो माग अघि सारेको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रियसभा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, मन्त्री, जिल्ला सभापति, प्रदेशसभा सदस्य र जिल्लाका पदाधिकारीहरूको सहभागितामा भएको बैठकले प्रतिनिधिसभा पुनर्स्थापना र त्यसमार्फत संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस सुदूरपश्चिमका प्रवक्ता सुरतबहादुर रावतले जानकारी दिए।
बैठकले संशोधित संविधानको आधारमा आम निर्वाचन गर्नुपर्ने र पार्टीभित्रको आन्तरिक एकता आवश्यक रहेको निर्णय गरेको छ। साथै, हालैका तोडफोड, आगजनी र आक्रमणका घटनालाई लोकतन्त्र कमजोर बनाउने शक्ति केन्द्रहरूको खेल भन्दै दोषीलाई पहिचान गरी कानुनी कारबाही गर्न पनि माग गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस