काठमाडौं,८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८३५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
मंगलबार दिउँसो भन्सार क्षेत्रबाट पक्राउ परेका ४८ वर्षीय रोनक मदनी इन्डिगो एयरमार्फत मुम्बईबाट काठमाडौं आएका थिए।
भन्सार जाँचको क्रममा शंका लागेपछि गरिएको भिडियो एक्स–रेमा उनले मलद्वारमा तीन वटा डल्लोमा सुन लुकाएको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मदनीलाई थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस