चितवन,८ असोज । भरतपुरस्थित नारायणी नदीको पुलबाट हाम फालेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
बुधबार बिहान करिब ११ बजे पुलबाट हाम फालेका उनलाई सूचना पाएलगत्तै विपद् व्यवस्थापनसहितको प्रहरी टोलीले उद्धार गरी भरतपुर अस्पताल पठाएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।
उद्धार गरिएका युवकको पहिचान खुल्न बाँकी रहेको र उनले किन हाम फाले भन्ने कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस