काठमाडौँ ८ असोज। मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले पोखरा–काठमाडौँ सडकखण्डमा पनि ठूलो असर परेको छ।
पहिरोका कारण मुग्लिनतर्फ सडक बन्द हुँदा सवारीसाधनको अत्यधिक चाप पोखरा–काठमाडौँ खण्डमा बढेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए। उनका अनुसार सडक जामका कारण यात्रुहरूलाई समयमा गन्तव्यमा पुर्याउन कठिनाइ भएको छ।
लगातार पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ। यस बीचमा नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै सञ्चालन गर्नुपर्ने बाध्यता बनेको उनले बताए।
साईका अनुसार पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत पोखरा–काठमाडौँ खण्डमा दैनिक करिब ४०० यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेका छन्। दसैंको टीकाको दिन नजिकिँदै गर्दा आवतजावत बढ्नुपर्ने बेला सडक अवरुद्ध हुँदा यात्रुहरूलाई थप कठिनाइ भएको उनको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस