काठमाडौ,८ असोज । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार सानेपाबाट पक्राउ गरी नख्खु कारागारमा बुझाएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।
शर्मा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । यसअघि पनि उनलाई सीआईबीले १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरेको थियो ।
सहकारी ठगी प्रकरणसँगै उनीविरुद्ध २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा समेत दायर गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस