काठमाडौँ,९ असोज । देशका विभिन्न पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । विभिन्न स्थापनमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण ठाउँ–ठाउँका राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड , रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
यस्तै, पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार , रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल पनि अवरुद्ध भएको छ । नवलपरासी पूर्वस्थित पूव-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली-मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस