काठमाडौँ,९ असोज । निर्वाचन आयोगले नामावली संकलन र अद्यावधिक गर्ने भएको छ । आज बसेको आयोगको बैठकले आउँदो कार्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने र अद्यावधिक गर्ने निर्णय गरेको हो ।
कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने–‘ कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय भएको छ, आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् ।
निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो ।
आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस