काठमाडौँ,१२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैंमा निवासमा आउनेलाई टीका नलगाइदिने भएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र शोक र विध्वंशको स्थितिबाट गुज्रिरहेको कारण पर्वलाई यसपटक पारिवारिक र सांस्कृतिक रूपमा मात्र मनाउने बताएका हुन् ।
शाहले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’
उनले राष्ट्रको प्रगति र विकासका लागि आधुनिक प्रविधि, वैज्ञानिक दक्षता र बदलिँदो विश्व व्यवस्थालाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै राज्य व्यवस्थाले जनमनोभावनालाई सम्बोधन गर्दै समयानुकूल सुधार गर्नु अनिवार्य रहेको उल्लेख गरेका छन् ।

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस