after_navbar

बुटवलबाट गुल्मी जाँदै गरेको गाडी दुर्घटना


असोज १२, २०८२



दाङ,१२ असोज । बुटवलबाट गुल्मीका लागि छुटेको ईभी गाडी दुर्घटना भएको छ । गुल्मीको मुसीकोटतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा दुर्घटनामा परेको छ। गाडीमा १४ जना यात्रु सवार रहेका थिए।

ad

दुर्घटनामा ३ जना यात्रु गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि रिडी लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको विस्तृत कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। पाल्पा प्रहरीका अनुसार सडकबाट ५० मिटर तल गाडी खसेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="