सुर्खेत,१२ असोज। बिरेन्द्रनगर नगरपालिका–१० बसपार्क नजिक रहेको न्यु प्रसोधन कपास उद्योगमा आइतबार दिउँसो भीषण आगलागी भएको छ ।
प्रारम्भिक जानकारी अनुसार विद्युत् सर्टका कारण आगलागी भएको हो । घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो भने बिरेन्द्रनगर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उद्योग ऐरनाचोक निवासी प्रेमबहादुर खड्काको स्वामित्वमा रहेको बताइएको छ । आगलागीबाट भएको आर्थिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस