after_navbar

भोलि र पर्सि सार्वजनिक विदा


असोज १८, २०८२


काठमाडौँ,१८ असोज । गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ad

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार आगामी दिनमा देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना छ। त्यसका कारण पहिरो, डुबान, बाढी र भूक्षयलगायतका जोखिम बढ्ने अनुमान गरिएको छ।

यातायात र जनजीवनमा असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन मन्त्रालयले सबै नागरिकलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="