after_navbar

करेन्ट लागेर दुईजनाको मृत्यु


असोज २१, २०८२


काठमाडौँ,२१ असोज । छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । कैलालीमा एक र धनुषामा एक गरी दुईजनाको करेन्ट लागेर मृत्यु भएको हो ।

ad

कैलालीको जोशीपुर गाउँपालिका– ७ घैलाबौनिया बस्ने ३६ वर्षीय मिलन डगौराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार साँझ घर नजिकै रहेको घैलानालामा बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस्तै, धनुषाको विदेह नगरपालिका- २ दुहबी ब्रम्हस्थान टोल बस्ने ५० वर्षीय हरि पंडितको पनि करेन्ट लागेर गएराति मृत्यु भएको छ ।

आफ्नो घरको फलामको गेटमा विद्युत् सर्ट भएर करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="