after_navbar

इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सुहाङको माग


असोज २१, २०८२


इलाम,२१ असोज । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक क्षति पुगेको भन्दै तत्काल जिल्लालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन्।

ad

नेम्वाङले सामाजिक सञ्जालमार्फत इलामको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराउँदै राहत तथा उद्धार कार्य सहज बनाउन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न पनि आग्रह गरेका छन्।

जारी वर्षाका कारण जिल्लामा जनधनको ठूलो क्षति पुगेको, मुख्य सडकहरू अवरुद्ध भएका, विद्युत् आपूर्तिमा बाधा पुगेको र जनजीवन अस्तव्यस्त बनेको उनले बताएका छन्।

उनका अनुसार पहिरो, सडक ध्वस्त र सञ्चार विच्छेदका कारण उद्धार तथा राहत कार्यमा गम्भीर चुनौती उत्पन्न भएको छ। यस विषम अवस्थालाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र सिफारिसका आधारमा सरकारले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण अत्यावश्यक राहत सामग्री, औषधि तथा सञ्चारमा समेत बाधा पुगेको भन्दै उनले तत्काल हवाई सेवा सञ्चालन गरी राहत आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="