काठमाडौँ,२१ असोज । सोमबार देखि बेपत्ता भएका दुईजना बालिकाको शव फेला परेको छ । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार बेपत्ता भएका दुई बालिकाको शव मंगलबार फेला परेको हो ।
खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी बेपत्ता भएका थिए ।
बेपत्ता भएको खबर प्राप्त भएपछी प्रहरी र आफन्तले निरन्तर खोजी गरिएको थियो । बेपत्तामध्ये आरतीको शव मंगलबार बिहान फेला परेको हो भने दिउँसो अन्तिमाको शव केही टाढा जलकुम्भीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस