after_navbar

कर्णाली नदीमा एक महिलाको शव फेला


असोज २३, २०८२


हुम्ला, २३ असोज । कर्णाली नदी किनारमा एक युवतीको शव फेला परेको छ । बाजुराको हिमाली गाउँपालिका–धुलाचौर नजिकै कर्णाली नदीको छेउमा बुधबार बिहान शव देखिएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

ad

प्रहरीका अनुसार शव बिहान ९ बजे मुगु जाने बेलिब्रिज पुलनजिक झुगला भन्ने स्थानमा भेटिएको हो ।

प्रारम्भिक अनुसन्धानमा यो शव असोज १० गतेदेखि सम्पर्कविहीन रहेकी चंखेली गाउँपालिका–४ की २३ वर्षीया कर्मा बोहराको हुन सक्ने अनुमान गरिएको छ । उनी एक युवकसँग सामाजिक सञ्जालमा स्टाटस लेखेर घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="