after_navbar

घरको छतबाट खसेर तुलसीपुरमा दुई वर्षीय बालक घाइते


कार्तिक ०३, २०८२


दाङ,२ कार्तिक । दाङको तुलसीपुरमा घरको छतबाट खस्दा दुई वर्षीय बालक घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा घरको छतबाट खस्दा उक्त बालक घाइते भएका हुन् ।दाङ,२ कार्तिक । दाङको तुलसीपुरमा घरको छतबाट खस्दा दुई वर्षीय बालक घाइते भएका छन्।

ad

शनिबार बिहान करिब जिबन डाँगीका दुई वर्षीय छोरा किरण डाँगी आफ्नै एकतले घरको छतमा खेल्ने क्रममा तल खस्दा टाउकोमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।

घाइते बालकलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको र अहिले सामान्य उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव निरीक्षक सालिकराम भट्टराईको कमाण्डमा टोली खटिएको छ। थप विवरण आउन बाँकी छ

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="