दाङ,७ कार्तिक ।रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जीप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् भने एक जनाको सनाखत हुन बाँकी छ ।
घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटर टाढा पर्छ । उद्धार कार्य जारी रहेको र जिपमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस