काठमाडौ ,२२ कार्तिक । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारी महत्वपूर्ण कागजातहरू जफत गरेको छ। बैंकको गतिविधि संकास्पद रहेको ठहरपछि शुक्रबार सीआईबीको टोलीले छापा मारेको हो।
छापा मार्ने सूचना अघि नै पुगेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक सेरचन फरार भएको बताइएको छ। सीआईबीका अनुसार सेरचनले गैरकानुनी रूपमा रकम पठाएको र बिना धितो कर्जा प्रवाह गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
सीआईबीले प्रभु म्यानेजमेन्ट र मनि ट्रान्सफरसँग सम्बन्धित कागजातहरू जफत गरेको छ। ती कागजातमा सेरचन संलग्न रहेको आशंका गरिएको छ।
बैंकिङ कसुरसँग सम्बन्धित उजुरीका आधारमा सिइओ सेरचनमाथि अनुसन्धान सुरु गरिएको सीआईबी स्रोतले जनाएको छ। हाल उनी फरार रहेकाले प्रहरीले खोजी तीव्र पारेको बताइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस