काठमाडौ,२४ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र अहिले विशेष महाधिवेशनको कुनै औचित्य नरहेको बताएका छन् ।
सोमबार शोभाभगवतीमा गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले जनतासामु जान निर्वाचन नै सही बाटो हुने बताए ।
‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ । देशको यो संकट कांग्रेसले पार लगाउनेछ,’ उनले भने ।
पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे बोल्दै सिंहले भने, ‘नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन । अहिलेको प्राथमिकता देशलाई संकटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो ।’
उनले जेन-जीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको उल्लेख गर्दै नयाँ पुस्ताको विचार, ऊर्जा र आकाङ्क्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस