काठमाडौ,२६ कार्तिक । एमालेका पूर्व उपाध्यक्ष भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्। मातृभूमि जागरण अभियान, नेपालका संयोजक रावलले बुधबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालसँग सहमति गरेका हुन्।
सहमति पत्रमा रावलको जिम्मेवारी लगायतका विषय आपसी सहमतिबाट टुंगो लगाइने उल्लेख छ। त्यस्तै, पार्टी एकीकरणका लागि विभिन्न तहमा आवश्यक कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ।
एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सुरु गरेका थिए।
एकीकरणको औपचारिक घोषणा केही बेरमा राष्ट्रिय सभा गृहमा हुँदैछ। नयाँ पार्टीको सचिवालयमा दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहने सहमति भइसकेको छ। दाहाल, नेपाल र रावलबीच भएको त्रिपक्षीय वार्ताबाट रावलको वरीयता निर्धारण हुने जनाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस