काठमाडौ,१६ कार्तिक । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी प्रदेशसभाको सचिवमा नियुक्त गरेका छन्।
प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा संविधानको धारा १९५ को उपधारा (९) बमोजिम बागमती प्रदेश चाँगुनारायण नगरपालिका–४ निवासी खड्कालाई आजका मितिदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरिएको हो।
प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक समारोहमा प्रमुख खापुङ्गले खड्कालाई नियुक्तिपत्र प्रदान गरेका छन्। उक्त जानकारी कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति मार्फत दिएका हुन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस