काठमाडौ,२७ कार्तिक । महिला हत्याको आरोपमा दुईजना पक्राउ परेका छ। तीनपाटन गाउँपालिका–२ पैरेकी ४० वर्षीया छत्रकुमारी कार्की (थापा)को हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
१० दिनअघि घरबाट घाँस काट्न निस्किएकी कार्की चार दिनपछि वडा नं. १ सिसौघारीमा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्ट अनुसार घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको थियो।
घटनापछि प्रहरीले शंकास्पद व्यक्ति खोजी गर्दै दुधौली नगरपालिका–१३ का ३१ वर्षीय सूर्यबहादुर कामीलाई दाङबाट पक्राउ गरी सिन्धुली ल्याएको छ। प्रारम्भिक बयानमा उनले हत्या गरेको स्वीकार गरेका छन्।
सूर्यबहादुरको बयानका आधारमा उनको भान्जा टंकबहादुर कामी पनि संलग्न रहेको पुष्टि भएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अर्को एक जना भने अझै फरार छन्।
प्रहरीका अनुसार मृतकको मोबाइल सूर्यबहादुरले लुकाएको स्थानबाट बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा लामो समयदेखि रहेको अवैध सम्बन्ध बाहिरिने डरले हत्या गरिएको खुलेको प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए।
मृतकका श्रीमान् महेन्द्रबहादुर थापा र सासू–ससुरा भारतमा काम गर्ने गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस