after_navbar

जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्ने एकजना पक्राउ


कार्तिक २८, २०८२


दाङ,२७ कार्तिक । दाङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

ad

देशव्यापी रूपमा २०८२ भदौ २३ र २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलनका क्रममा दाङमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय नारायणपुर दाङमा ढुङ्गामुढा, तोडफोड, आगजनी तथा चोरी गरी क्षति पुर्‍याएको आरोपमा घोराही उपमहानगरपालिका–१० उत्तर अमरई बस्ने ३४ वर्षीय रमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="