काठमाडौं , १४ मंसिर । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशन गर्ने सहमति जुटाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत पदाधिकारीहरूको बैठकले पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने प्रस्तावमा सहमति जुटाएका हुन्।
शीर्ष नेताहरूको बैठकमा सहमति जुटे पुसको २६ देखि २९ गतेसम्म कांग्रेसको १५औं महाधिवेशन हुने छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशनका विषयमा मोटामोटी सहमति जुटेको बताए। ‘पुसको अन्तिम साता महाधिवेशन गर्ने प्रस्तावमा मोटामोटी सहमति भएको छ। कांग्रेसको सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनको प्रस्ताव पेस हुने र पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने निर्णय हुने स्रोतले जानकारी दिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस