after_navbar

बिना स्वीकृत एनजीओलाई बजेट उपलब्ध गराउने ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा


मङि्सर १७, २०८२


काठमाडौँ ,१६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ad

नगरसभाबाट बजेट स्वीकृत नगराएपछि सरिता फाउन्डेसन नामक गैरसरकारी संस्थालाई पाँच लाख रुपैयाँको चेक जारी गरी मिलेमतोमा नौ लाख ९८ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरिएको आरोपमा मुद्दा दायर गरिएको हो।

मंगलबार (मंसिर १६) दायर गरिएको मुद्दामा तत्कालीन सहायक लेखापाल विवेककुमार सहनी, सहायकस्तर पाँचौंका रामनरेशप्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा, खरिदार कौशलकिशोर चौधरी, खरिदार छोटेलाल मिश्र, सरिता फाउन्डेसन र संस्थाकी निर्देशक सरिताकुमारी साहसमेत प्रतिवादी छन्।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नगरसभाबाट बजेट स्वीकृत नगरी सरिता फाउन्डेसनका नाममा चेक काटिएको विषयमा उजुरी आएपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानपछि उनीहरूले मिलेमतोमा नौ लाख ९८ हजार ९२१ रुपैयाँ हिनामिना गरेको प्रमाणित भएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अदालतमा दायर मुद्दामा प्रतिवादीहरूसँग जनही नौ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="